ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमूले अवैध रुपमा नदि उत्खनन गरिरहेको एस्काभेटरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । शनिबार अनुगमनका क्रममा वडा ५ चाँगेको मैवाखोला पुल नजिक नदि उत्खनन गर्दै गरेको मेसिनलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय दोभानलाई बुझाएका हुन् ।
लगातारको वर्ष पछि जिल्लाका विभिन्न स्थानमा बाढि पहिरोका घटना बढिरहेपनि नदि उत्खननको कार्य भएको पाईएपछि नियन्त्रणमा लिएर कारबाहीका लागि प्रहरीलाई बुझाएको गाउँपालिका अध्यक्ष पोमूले जानकारी दिए ।
‘अनुगमनका क्रममा नदि उत्खनन गरिरहेको पाईयो । असार, साउन र भदौ महिनामा यस्तो कार्य गर्न सरकारले नै बन्देज गरेको छ ।’ गाउँपालिका अध्यक्ष पोमूले भने ‘खोला नजिकै क्रसर पनि राखिएको पाईयो । त्यसको विषयमा पनि अध्ययन गरिरहेको छु ।’
वर्षायामको समयमा अबैध रुपमा उत्खनन गरेको पाईए कानुन अनुसार कारबाही गरिने उनले बताए ।