पाथीभरा संवाददाता
ताप्लेजुङ, असार ४ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका २ द्वारा सञ्चालित आधारभुत कम्प्युटर तालिम सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा फुङलिङ नगरपालिकाबाट विनियोजन भएको रकम मार्फत आदिवासी जनजातिहरुका लागि सञ्चालन गरिएको आधारभुत कम्प्युटर तालिमको आज (शनिबार) समापन गरिएको हो । गत जेठ ४ गतेबाट सीआईटी कम्प्युटर एण्ड ट्युसन सेण्टर सुरु भएको तालिम फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालको प्रमुख आतिथ्यतामा समापन गरिएको २ नंंंं. वडा कार्यालयका सचिव कृष्ण प्रसाद सुवेदीले जानकारी दिनुभयो ।\
तालिममा फुङलिङ नगरपालिका २ का ११ जना जनजाति प्रशिक्षार्थीहरु सहभागी भएका थिए । प्रशिक्षार्थीहरुले तालिमबाट कम्प्युटर सम्बन्धी धेरै ज्ञान हासिल गरेको र थप क्षमता अभिवृद्धिका लागि अझै नयाँ कोर्षका लागि समेत तालिम सञ्चालन गर्न आग्रह गरेका थिए । यस्तै प्रमुख प्रशासकीय अधिकृत रिमालले प्राय सबै कार्यलय तिर कम्प्युटर सम्बन्धी ज्ञान भएको कर्मचारीहरुको आवश्कता हुने भएकाले दक्ष जनशक्ति उत्पादनको उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो ।
यस्तै २ नं वडाका वडाध्यक्ष मोहन न्यौपानेले स्थानीयको माग अनुसार नै विविध प्रकारका तालिम सञ्चालन गरिरहेको बताउनुभएको थियो । उहाँले सिलाई कटाई, हाउस वेयरिङ लगायतको समेत तालिम सञ्चालन गरेको र यस तालिमबाट आफ्ना वडाका नागरिक दक्ष हुने समेत विश्वास व्यक्त गर्नुभयो ।