पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु - Epathivara

पाँचथर । हिलिहाँङ गाउँपालिका-७ अन्तगर्त मध्य पहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक हिलिहाङ-४ का ३६ बर्षीय रमेश योङया रहेको प्रहरीले बताएको छ ।

 

योङयालाई शुक्रबार बिहान साढे ८ बजे लोकमार्ग अन्तर्गत एक्चेप्पा भिरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेका थिए । प्रहरीले उपचारको लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याउनासाथ डाक्टरले योङयालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । योङया हिजो बेलुका ५ बजे पल्सर मोटरसाईकलमा घरबाट सदरमुकाम फिदिम हिडेका बताइएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर