जिसस ताप्लेजुङको उम्मेदवारी प्रकरणः संलग्नलाई हदैसम्मको कारबाहीको माग - Epathivara

ताप्लेजुङ-जिल्ला समन्वय समिति ताप्लेजुङको उम्मेदवारका विषयमा विकसित घटनाका विषयलाई लिएर नेकपा माओवादी केन्द्रका भातृसंगठनहरुले संलग्नलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । माओवादी केन्द्रको जनवर्गिय संगठन वाईसीएल नेपाल र अनेरास्ववियू (क्रान्तीकारी) ले बिहिबार छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै कारबाहीको माग गरेका हुन् ।

वाईसीएलका जिल्ला अध्यक्ष कैलाश लिम्बू र अनेरास्ववियूका अध्यक्ष झरेन्द्र तिवारी तथा सचिव अनिता पन्दाकद्धारा हस्ताक्षरिक विज्ञप्तीमा आफ्नो पार्टीको भागमा परेको जिसस प्रमूख पद गुम्न गएको प्रति ध्यानार्कषण भएको बताएकाछन् ।

‘गत जेठ २४ गते जिल्ला समन्वय समितिको सिफारिस र जेठ २५ गते हाम्रो पार्टी १ नम्बर प्रदेश समितिको कार्यालय बैठकको निर्णय अनुसारको परिपत्रमा उल्लेख भए अनुसार जिसस प्रमूख पदमा प्रदेश १ कमिटिका सचिवालय सदस्य तथा जिल्ला सहईन्चार्ज मिङ्मा डण्डु शेपालाई गठबन्धनको तर्फबाट उम्मेदवार बनाई मनोनयन गर्ने तयारी गर्दैगर्दा प्रदेश कमिटि सचिवालय सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकास वनेमले स्थानीय तह कार्यपालिका गठन प्रक्रियामा प्रयोग भएको मनोनयन पत्र दुरुपयोग गरी गंगाराम शंकरलाई उम्मेदवार बनाएको कारण जिसस प्रमुख पद पार्टीले गुमाउनु परेको हाम्रो संगठनको ठहर छ ।’ दुवै संगठनले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस घटनाले जिल्लामा भएको माओवादी विचार समर्थकहरु प्रति गम्भिर धक्का पुगेको विज्ञप्तीमा जनाईएको छ । यस्ता गतिविधीमा संलग्नलाई छानविन गरि पार्टीको विद्यान बमोजिम हदैसम्मको कारबाहीको माग गरिएको वाईसीएलका जिल्ला अध्यक्ष लिम्बूले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर