ताप्लेजुङको सिनाममा गएको पहिरोबाट करिब ९ लाख रुपैँया बराबरको क्षति - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, असार १ गते । ताप्लेजुङको सिरीजंघा गाउँपालिका १ सिनाममा हिजो (मंगलबार) दिउँसो गएको पहिरोबाट करिब ९ लाख रुपँैया बराबरको क्षति भएको छ ।

 

पहिरोले स्थानीय कुल बहादुर गुरुङको गोठ र भान्सा घरमा क्षति पु¥याउँदा करिब ९ लाख रुपैँया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार गुरुङको गोठमा रहेको चौपाया र कुखुरा बगाउनुका साथै घर छेउमै रहेको भान्सा घरमा समेत क्षति पुगेको छ । पहिरोले ५–५ ओटा बाख्रा र सुँगुर, ३ ओटा खसी र १५ ओटा कुुखुरा बगाएको प्रहरीले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर