पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ ३१ गते । पाँचथरमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाकोे फाल्गुनन्द गाउँपालिका ७ की ५५ वर्षीया टिका सेर्मा रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ । प्रहरीका अनुसार सेर्माको मंगलबार बिहान स्थानीय उत्ताने भीरमा घाँस काट्ने क्रममा लडेर ज्यान गएको हो । भीरबाट लडेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घट्नास्थलतर्फ आङसराङबाट गएको प्रहरी टोलीले अध्ययन गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर लगिएको समेत प्रहरीले जनाएको छ ।
केहीदिन अघिमात्र जिल्लाको मिक्लाजुङ गाउँपालिका ६ का ७१ वर्षीय रिङकनाथ आङवुहाङको पनि स्थानीय भीरबाट लडेर मृत्यु भएको थियो ।