माछामार्ने क्रममा खोलामा डुबेर दुई युवकको मृत्यु - Epathivara

तनहुँ। तनहुँको भानु नगरपालिका–२ का दुई जना युवकको माछामार्ने क्रममा आइतबार खोलामा डुबेर मृत्यु भएको छ ।

 

२२ वर्षीय सागर गुरुङ र ३५ वर्षीय धनबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयो । भानु २ र ५ को सङ्गमस्थल चुँदी खोलको बाङ्गेरहमा पौडी खेल्दै माछा मार्ने क्रममा दुवै जनाको डुबेर मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृतक दुवै जनाले नाताले दाजु र भाइ हुन् । मामा र फुपुको छोरा दुई मिलेर माछा मार्न गएको र दुवै जनाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको स्थानीयबासी राजेश कार्कीले जानकारी दिनुभयाे ।

आइतबार दिउँसो साँढे ४ बजे दाजुभाई माछा मार्न गएकोमा स्थानीयले मृत अवस्थामा भेटिएको प्रहरीलाई खबर गरेको कार्कीले बताउनुभएकाे छ। साँझ ७ बजे खोलाबाट शव निकालेर दमौली अस्पतालमा पोष्ट मार्टमको लागि लगिएको प्रहरी निरीक्षक भुषालले जानकारी दिनुभयो । वर्षायाम सुरु भएकोले पनि पानीको बहाव खोलामा धेरै रहेकाे छ । सो ठाउँमा गहिरो भएकोले यस अघि मानिसको डुबेर मृत्यु हुने गरेको स्थानीय बासीन्दाले बताएका छन् ।

प्रत्येक वर्ष घटना घट्ने ठाउँ भएकोले बाङ्गेरहमा माछा मार्ने र पौडी खेल्न बन्द गरी खतरनाक ठाउँ भनि होडिङ बोर्ड राख्ने काम गर्नुपर्ने स्थानीय हरि खड्काले सुझाव दिनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर