शहर पसेको चितुवाको सकुशल उद्धार - Epathivara

सुनसरी । इटहरी उमहानगरपालिकाका बासिन्दाको घरमा पसेको चितुवाको सकुशल उद्धार गरिएको छ । इटहरीके जुट विकास टोल आसपासमा चितुवा देखिएको थियो ।

 

 

चितुवालाई सुरक्षाकर्मी तथा वन्यजन्तु सम्बन्धी प्राविधिकको सहयोगमा नियन्त्रण लिइएको हो । चितुवालाई हाललाई डिभिजन बन कार्यालय, इनरूवा, सुनसरी पठाइएको प्रहरीले जनाएको छ । चितुवा देखिएको क्षेत्रका बासिन्दा त्रसित थिए भने प्रशासनले चितुवा नियन्त्रणमा नलिउन्जेलसम्म सर्वसाधारणलाई घर बहिर निस्कन आग्रह गरेको थियो । तर चितुवालाई नियन्त्रणमा लिएपछि जनजीवन सामान्य बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर