आईएमई लाईफ इन्स्योरेन्स ताप्लेजुङद्वारा मृत्यु दावी भुक्तानी - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ ३० गते । आईएमई लाईफ इन्स्योरेन्स ताप्लेजुङले मृत्यु दावी भुक्तानी गरेको छ ।

 

शाखाले सिरीजंघा गाउँपालिका ५ मामांखेका १७ वर्षीय हेमकुमार लिम्बुको मृत्युदाबी भुक्तानी गरेको कार्यलय प्रमुख सुर्य गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकका बुवा हस्त बहादुर लिम्बूलाई ताप्लेजुङ–पाँचथर शाखाका ईन्चार्ज ङिमा शेर्पाले ५ लाख १० हजार रुपैँया बराबरको चेक हस्तान्तरण गर्नूभएको छ । सोमबार आज शाखा कार्यलयमै एक कार्यक्रमको आयोजना गरि चेक प्रदान गरिएको हो । लिम्बूले करिब १ बर्ष अगाडाीमात्र ५ लाख रुपैँया बिमाङको बिमा गरेका थिए ।

कार्यक्रममा शाखाका कर्मचारी, एजेन्सी मेनेजर, अभिकर्ता लगायतको उपस्थिति रहेको शाखा प्रमुख गुरुङले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर