काठमाडौं : इटहरी उपमहानगरपालिकास्थित बजार क्षेत्रको बस्तीमा चितुवा पसेपछि स्थानीय त्रसित भएका छन् ।
इलाका प्रहरी कार्यालयका अनुसार उपमहानगरपालिका–६ स्थित जुट विकासमा सोमबार बिहान करिब साढे ५ बजेतिर चितुवा देखिएको हो ।चितुवा नियन्त्रण नहुँदा सर्वसाधारण आतंकित बनेका छन् । स्थानीयवासीले तत्काल चितुवा नियन्त्रण गर्न माग गरेका छन् । सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले चितुवा नियन्त्रणमा नलिउन्जेल सर्वसाधारणलाई घर बहिर निस्कन रोक लगाएको जानकारी दिए ।कोशी टप्पु वन्यजन्तु आरक्षका कर्मचारी परीक्षामा रहेकाले चितुवा नियन्त्रण गर्न समय लाग्ने उनले बताए ।