आज सुनचाँदीको भाउ कति पुग्यो ? - Epathivara

काठमाण्डाै – आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

 

हिजो आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९८ हजार ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला १५०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

 

हिजो आइतबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर