युवा पुस्ता बिग्रेकाे भन्दै चिनियाँ गेम पब्जी बन्द गर्न संसदमा उठ्यो आवाज - Epathivara

काठमाडौं । चिनियाँ गेम पबजीले युवा पुस्तालाई विगारिरहेकाे भन्दै संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ ।

 

पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा भारतमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरिन् । पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै उनले पब्जी बन्द गर्न माग गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर