पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ २८ गते । नेपाल पत्रकार महासंघ प्रदेश समितीद्वारा ताप्लेजुङका एक हित प्रदेश नं. १ का तीन महिला जनप्रतिनिधि सम्मानित भएका छन् ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित शान्ता आङबुहाङ सहित प्रदेश नं. १ का तीन महिलालाई सम्मान गरिएको हो । धनकुटाको सागुरिगढी गाउँपालिका –६ नाम्जेमा प्रदेश स्तरिय पत्रकार महिला सशक्तीकरण गोष्ठीको अबसरमा लामो समय देखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याई स्थानीयतह २०७९ बाट निर्वाचित भएकालाई सम्मान गरेको हो ।
पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुको उपाध्यक्ष बिना राई , ताप्लेजुङ शाखा बाट केन्द्रिय सदस्य शान्ता आङ्बुहाङ र धनकुटा शाखा बाट अन्जना ताम्लि सम्मानित भएका हुन् । राई सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकाको उपाध्यक्ष र ताम्ली धनकुटा जिल्लाबाट संबिधान सभा सदस्यमा निर्वाचित भएको नेपाल पत्रकार महासंघ प्रदेश न. १ ले जनाएको छ ।