जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु - Epathivara

दाङ : गुल्मीमा जेसिबी दुर्घटना हुँदा दाङ घर भएका चालकको मृत्यु भएको छ ।

 

शान्तिनगर गाउँपालिका १ खिलतपुर बस्ने करिब ३३ वर्षीय चालक यज्ञ वलीको मृत्यु भएको हो। बिहीबार राति करिब ९ बजेतिर गुल्मीको छत्रकोट २ पल्लीकोटको रातापानी भन्ने ठाउँमा लु १ क ४७७१ नम्बरको जेसिबी दुर्घटनामा परेको थियो । जेसिबी राति छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छातर्फ आउने क्रममा दुर्घटना हुँदा चालककाे घटनास्थलमै मृत्यु भएको मृतकका आफन्त ओमहरि डाँगीले जानकारी दिए। जेसिबी सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।

 

दुर्घटना राति भएकाे भएपनि स्थानीयले शुक्रबार बिहान ९ बजेतिर देखेर प्रहरीलाई खबर गरेका थिए । उनी गाडीमा एक्लै आउँदै थिए । गाडीका सहयोगी बिदामा बसेका र दुर्घटनाको खबर पाउनासाथ घरपरिवार/आफन्तहरू गुल्मी गएको बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर