काठमाडौं। मौसम अनुकुल नभएपछि बुधबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी दुई वटा अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट भएका छन् ।
मौसम गडबडीका कारण इन्डिगो एयरलाइन्स र विस्तारा एयरलाइन्सका दुवै जहाज भारतको लखनउ डाइभर्ट भएका हुन् । मौसम खराबीकै कारण जापानबाट आएका नेपाल एयरलाइन्स र दक्षिण कोरियाबाट आउँदै गरेको कोरियन एयरलाइन्स करिब एक घण्टा आकाशमै होल्ड गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गरेका थिए ।
मौसम प्रतिकुल भएपछि आज अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फ उडान प्रभावित बनेको थिए । आन्तरिकतर्फ पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको थियो ।