तालिबानको शासनमा अफगानिस्तानमा अल कायदा र इस्लामिक स्टेटको सक्रियता बढ्दै - Epathivara

काठमाडौँ- तालिबानले शासन चलाइरहेको अफगानिस्तानमा अल कायदा र इस्लामिक स्टेटजस्ता आतंककारी समूहको सक्रियता बढेको खुलासा भएको छ ।

 

संयुक्त राष्ट्रसंघले प्रतिवेदन जारी गर्दै तालिबानको शासनमा अफगानिस्तानमा आतंककारी समूहको सक्रियता बढेको जनाएको हो । ‘तालिबान र अल कायदाबीचको सम्बन्ध अझै सुमधुर छ ।’ उक्त प्रतिवेदनलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ । ‘पछिल्लो विश्लेषणबाट अल कायदाले अफगानिस्तानमा सुरक्षाको प्रत्याभूति गरेको देखिएको छ । अल कायदाका नेता आयमन अल जवाहिरीले गत अगस्टयता अझ धेरै सन्देशहरु जारी गरेका छन् ।’ प्रतिवेदनमा उल्लेख छ ।

 

प्रतिवेदनमा अल कायदाका १८० देखि ४ सय लडाकु अफगानिस्तानमा सक्रिय रहेको जनाइएको छ । गत वर्षको अगस्ट महिनामा तालिबानले लोकतान्त्रिक रुपमा निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेको थियो । यता तालिबानको विदेश मन्त्रालयले भने प्रतिवेदनको खण्डन गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै अल कायदासँग नजिकको सम्बन्ध रहेको भन्ने आरोपको खण्डन गरेको अफगानिस्तानको टोलोन्युजले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर