सप्तरी – सप्तरीमा चट्याङ लागेर आज बिहीवार दिउँसाे दुई जनाको ज्यान गको छ । ज्यान गुमाउनेमा बोदे बरसाइन नगरपालिका ३ मधुवनका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादव रहेका प्रहरीले जनाएकाे छ ।
घर नजिकै गाईगोरु चराउन गएका बेला चट्याङ लागेर उनीहरूको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएकाे छ । पानी परिरहेका बेला एउटै छातामा ओत लागेका दुवै जनाकाे चट्याङ परेर घटनास्थलमै ज्यान गएकाे हाे । ज्यान गुमाउनेहरूकाे शव अहिले पोस्टमार्टमका लागि राजविराजकाे गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा पठाइएकाे छ ।