तेह्रथुममा ट्याक्टर दुर्घटना, चालकको मृत्यु - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ २६ गते । तेह्रथुमको म्याङलुङ नगरपालिका १ डबलीमा ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ ।

 

निधन हुनेमा ट्याक्टर चालक फेदाप गाउँपालिका ५ ईसिबुुका करिब २५ बर्षीय रविन खापुङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । बुधबार म्याङलुङ बजार देखि तमोर नदीतर्फ जाने क्रममा ट्याक्टर भित्रि सडक खण्डमा दुर्घटना भएको प्रहरीको भनाई छ ।प्रदेश नम्बर १ ०२—००३ त ४९८ नम्बरको ट्याक्टर सडक भन्दा एक सय मिटर तल झरेको छ ।

दुर्घटना स्थल तेह्रथुमको म्याङलुङ बजारबाट १४ करिब किलोमिटर दक्षिण पुर्वमा पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय