सम्पर्क वर्गीकृत बिज्ञापन प्रयोगकर्ता सर्त - Epathivara

अष्ट्रेलियाले आइतबार एक चिनियाँ लडाकु विमानले दक्षिण चीन सागरमा तैनाथ उसको निगरानी विमानको सुरक्षालाई खतरामा पार्ने काम गरेको भन्दै विरोध जनाएको छ । रक्षा मन्त्रालयले आफ्नो बेभसाईटमा राखेको एक विज्ञप्ति अनुसार मे २६ मा चिनियाँ वायुसेनाको जे–१६ विमानले अष्ट्रेलियाको पी–८ पोसिडोन विमानको उडानलाई अवरुद्ध गरेको थियो ।

 

अष्ट्रेलिया सरकारका अनुसार घटना हुँदा पी–८ पोसाइडन विमान समुद्रको नियमित गस्ती गरिरहेको थियो । अष्ट्रेलिया सरकारले यस घटनाप्रति चीन सरकार समक्ष आफ्नो चिन्ता जाहेर गरेको छ । बेइजिङले यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । अस्ट्रेलियाले दशकौंदेखि यस क्षेत्रमा अन्तर्राष्ट्रिय कानून बमोजिम गर्छ समुद्री निगरानी गरिरहेको त्यहाँको रक्षा मन्त्रालयले बताउँछ । यसअघि फरवरीमा चिनियाँ नौसेना जहाजले अष्ट्रेलियाको उत्तरी भागमा उडानको क्रममा आफ्नो पी–८ए पोसीडोनमध्ये एउटामा लेजर प्रहार गरिएको आरोप लगाएको थियो ।

 

लेजरले गोप्य रुपमा उड्ने जहाज देखिएको र विमानका अस्ट्रेलियाली चालक दलको सुरक्षा खतरामा परेको अष्ट्रेलियाले बताएको थियो । अष्ट्रेलिया र चीनबीचको सम्बन्ध केही समयदेखि तनावग्रस्त छ । अष्ट्रेलिया र पश्चिमी शक्तिले पछिल्लो समय दक्षिण प्रशान्त क्षेत्रमा चिनियाँ विस्तार रोक्ने प्रयास गरिरहेका छन् । पछिल्लो समय बेइजिङले सोलोमन आईसल्याण्डसँग सुरक्षा सम्झौता गरेको छ । यो सम्झौताले अष्ट्रेलियाको तटबाट २,००० किलोमिटर (१,२०० माइल) भन्दा कम टाढा रहेको द्वीप समूहमा सेना र जहाजहरूलाई तैनाथ गर्न अनुमति दिन्छ ।
चीनले साउथ चाइना सागरको सम्पूर्ण भू–भागमा आफ्नो दाबी गर्दै आएको छ । र रणनीतिक जलमार्गमाथि अन्य देशको दावी फिर्ता लिन लगातार दबाब दिइरहेको छ । यसका लागि उसले त्यस क्षेत्रका मानव निर्मित टापुहरूमा सैन्य पूर्वाधार निर्माण गर्ने, विदेशी माछा मार्ने जहाजहरूलाई निषेध गर्ने र हवाई तथा अन्तर्राष्ट्रिय समुद्रमा सैन्य अभियान सञ्चालन गर्ने काम गरिरहेको छ । –एपीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय