बंगलादेशलाई थप १५ सय मेगावाट विद्युत पठाउँदै भारत - Epathivara

काठमाडौं। भारतीय विदेशमन्त्री एस जयशंकरलाई उद्धृत गर्दै बंगलादेशबाट प्रकाशित हुने ढाका ट्रिब्युनले जनाएअनुसार भारतले बंगलादेशलाई थप १५०० मेगावाट विद्युत आपूर्ति गर्ने भएको छ ।

 

हाल भारतले बंगलादेशलाई ११६० मेगावाट विद्युत आपूर्ति गर्दै आएको छ । यसबाहेक भारतले बंगलादेशका लासग सडक परियोजना, नदी बन्दरगाह परियोजना एवम् अन्य पूर्वाधारमा पनि संलग्न रहेको बताइएको छ । यसबाहेक भारतले बंगलादेशका लागि डिजिटल कनेक्टिभिटी, ट्रान्समिसन लाइन र अन्य पूर्वाधार पनि प्रस्ताव गरिएको ढाका ट्रिब्युनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय