४ करोड रुपैयाँसहित नागढुंगाबाट चार चिनियाँ पक्राउ - Epathivara

काठमाडौं। झण्डै ४ करोड नेपाली रूपैयाँसहित चार चिनियाँ र एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारबाट उक्त रकम प्रहरीले बरामद गरेको हो । कारको डिकीमा बोरामा लुकाएर ल्याएको अवस्थामा ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका नेपाली नागरिक भने नुवाकोटको विदुर नगरपालिका ८ का फुलबहादुर गुरुङ हुन्। उनी कार चालक हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय