ताप्लेजुङ, जेठ २३ गते । ताप्लेजुङ आउँदै गरेको पिकअप पाँचथरको फिदिममा दुर्घटना भएको छ ।
झापाको विर्तामोडदेखि ताप्लेजुङ आउँदै गरेको को १ च ८९३८ नम्वरको पिकअप पाँचथरको फिदिम नगरपालिका २ रमिते भ्यु टावर नजिकै दुर्घट्ना भएको हो । दुर्घटनाबाट ताप्लेजुङको सिदिङवा गाउँपालिका २ का ६० वर्षीय मणिकुमार बर्देवा घाइते भएका छन् । उनको बाँया पातामा चोट लागेकाले थप उपचारका लागि झापा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ब्रेक फेल भएर पिकअप दुर्घटनामा परेको हो ।
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा भक्तपुरमा एक जनाको मृत्यु
भक्तपुरको लोकन्थलीमा दूधको ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाग्मती प्रदेश ०१-००४ क ०५८० नम्बरको ट्यांकरले प्रदेश ०२-०२५ प १६२० नम्बरको स्कुटीलाई ठक्कर दिँदा चालक जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं. ५ बस्ने वर्ष ४५ का नकुल थापाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन् ।
थापाको नागरिक अस्पताल ठिमीमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ट्याङकर र चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. २ ब्यासी बस्ने वर्ष ३५ को राजन ब्यान्जुलाई प्रहरीले पक्रेको छ ।