काँकडभिट्टा — झापाको गौरीगञ्जमा एक किशोरको जेनेरेटरबाट करेन्ट लागेर मृत्यु भएको छ ।
झापा गाउँपालिका ५ फत्तेपुरका शिवलाल सिंह गनगाईका १७ वर्षीय छोरा रोहित सिंह गनगाईको जेनेरेटरबाट करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । छिमेकीको बिहेमा जेनेरेटरको तार खोल्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेपछि घाइते भएका उनलाई उपचारका लागि तत्काल दमकको लाइफ लाइन अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा बिहान साढे ८ बजे उनको मृत्यु भएको थियो ।