मोबाइल, ल्यापटप लुटपाट गरेको आरोपमा २ जना पक्राउ - Epathivara

काठमाडौं । प्रहरीले मोबाइल ल्यापटप लुटपाट गरेको आरोपमा दुई जनालाई नयाँ बानेश्वरबाट पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा मेगाङ गाउँपालिका-५ घर भई हाल काठमाडौंको महाबौद्ध बस्‍ने २९ वर्षीय बिक्की अर्याल र पाँचखाल नगरपालिका-४ घर भई हाल काठमाडौंको बागबजार बस्‍ने २८ वर्षीय राम श्रेष्ठ रहेका छन् । उनीहरुलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

 

प्रहरीले उनीहरुको साथबाट विभिन्‍न मोडलका ९ थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप कारबाहीका लागि प्रहरी वृत बानेश्वर पठाइएको प्रहरी परीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर