१९ वर्षमुनिको महिला टी–२० विश्व कप छनोटमा नेपालले भुटानलाई हरायाे - Epathivara

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिकाे महिला टी–२० विश्व कप एसिया छनोटअन्तर्गत नेपालले भुटानलाई चार विकेटले हराएकाे छ ।

 

भुटानले दिएकाे ६७ रनकाे लक्ष्य नेपालले १३ ओभर १ बलमा भेटायाे । नेपालकाे जितमा सानु राजवंशीले नटआउट ३० रन बनाइन् । यस्तै साना प्रभीनले १२ रन जाेडिन् । बलिङतर्फ भुटानकी साङ्गे ए वाङ्माेले तीन विकेट लिइन् । यसअघि टस जितेर पहिलाे ब्याटिङ गरेकाे भुटानले २० ओभरमा नाै विकेट गुमाएर ६६ रन बनायाे । भुटानका लागि साङ्गे ए वाङ्माेले ११ रन बनाइन् । बलिङतर्फ नेपालकी अनु कडायत, मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले दुई/दुई विकेट लिइन् ।

 

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएकाे थियाे । दोस्रो खेलमा नेपाल यूएईसँग १० विकेटले पराजित भएको थियो । अब नेपालले आफ्नो चौथो खेलमा भाेलि मङ्गलवार थाइल्यान्डसँग खेल्नेछ । ६ टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले आउँदाे वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुन लागेकाे यू–१९ महिला टी–२० विश्व कप खेल्न पाउनेछ । प्रतियोगितामा समान तीन/तीन खेल जित्दै यूएई शीर्ष र थाइल्यान्ड दोस्रो स्थानमा छ । नेपाल भने तेस्रो स्थानमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय