नाइजेरियाकाे एक चर्चमा आक्रमण हुँदा ५० जनाको मृत्यु, ४० बढी घाइते - Epathivara

काठमाडौं । नाइजेरियाको दक्षिण पश्चिमी ओन्डो राज्यको एक चर्चमा अज्ञात बन्दुकधारी समूहले आक्रमण गर्दा करिब ५० जना मानिस मारिएका छन् ।

 

साेही आक्रमण परी ४० भन्दा बढी मानिस घाइते भएका हुन्। आईतबारको प्रार्थनामा सहभागी भएका मानिसमाथि अन्धाधुन्ध गोली प्रहार तथा ग्रिनेडबाट आक्रमण गरिएको नाइजेरियाका संचार माध्यमले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । ओयोे शहरको सेन्ट फ्रान्सिस क्याथोलिक चर्चमा प्रवेश गरेका हतियारधारी समूहले प्रार्थना गरिरहेकाहरु माझ अन्धाधुन्ध गोली प्रहार भएकाे थियाे ।

नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले घटनाप्रति निन्दा ब्यक्त गर्दै जघन्य हत्याका दोषीलाई कानूनी कठघरामा ल्याउने समेत बताउनुभएकाे छ । घटनाका कारण चर्च वरिपरिका घरमा समेत क्षति पुगेको छ । घटना लगत्तै फरार भएकाको खोजी कार्य जारी रहेकाे छ । घटनाको जिम्मेवारी भने कसैले लिएको छैन । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय