तेह्रथुम । नापी कार्यालय संक्रान्तिबजार तेह्रथुमले डिजिटल प्रविधिबाट सेवा प्रवाह सुरु गरेको छ । कार्यालयले नक्सा ट्रेस सेवा बन्द गरि डिजिटल प्रविधिबाट प्रिन्ट नक्सा मात्र उपलब्ध गराउन थालेको हो ।
जग्गा नाप जाँच तथा नक्सा श्रेस्ता अध्यावधिक सम्बन्धि निर्देशिका, २०७३ अनुसार पूर्ण रुपमा डिजिटल प्रविधिबाट सेवा प्रवाह सुरु भएको नापी कार्यालय संक्रान्तिबजारको कार्यालय प्रमुख ईन्जिनियर अस्मिता ढकालले बताइन । कार्यालयको सेवा प्रवाहलाई छरितो र सहज बनाउन डिजिटल प्रविधिको प्रयोग भएको हो । समयानुकुल प्रविधिको प्रयोगले कार्यसम्पादनमा त्रुटी नहुने र सेवाग्राहीको आर्थिक भार समेत घट्ने कार्यालय प्रमुख ईन्जिनियर ढकालले बताइन । तेह्रथुम सदरमुकाम म्याङलुङ र आठराई संक्रान्तिबजारबाट नापी कार्यालयले सेवा प्रवाह गर्दै आएको छ ।