काठमाण्डाै – सुनको भाउ आज ९ सय रुपैयाँले बढेको छ ।
हिजो विहीबार प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । आज सुनको मूल्य हिजोको तुलनामा प्रतितोला ९०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो विहीबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।