मकै खेतीको परिचय
नेपालमा खेती गरिने प्रमुख तीन बालीहरु मध्ये उत्पादनको आधारमा। धानपछिको दोस्रो मुख्य बाली मकै हो । विशेषतः पहाडी क्षेत्रहरुमा मकैलाई महत्वपूर्ण खाद्य स्रोतको रुपमा लिइन्छ । मकै नेपालको एउटा परम्परागत खाद्य बाली हो, तर अरु विकसित देशहरुको दाँजोमा यसको औसत उत्पादन भने नेपालमा कमै देखिन्छ । कम उत्पादनको मुख्य कारण भनेको जमिनको राम्रो तयारी नहुनु, गुणस्तरीय बीउको कम प्रयोग गर्नु र प्राङ्गारिक तथा अन्य मलको कमी हुनु हो । त्यसैले, गुणस्तरीय बीउको प्रयोग र सुधारिएको खेती प्रविधि अपनाउन सकियो भने नेपालमा हाल उत्पादन भइरहेको भन्दा बढी मकै उत्पादन वृद्धि गर्न सकिन्छ ।
हावापानी र माटोको अवस्था
हावापानी
* मकै बालीका विरुवाहरु राम्रोसँग हुर्कन र बढ्नका लागि न्यानो हावापानी र मध्यम वर्षातको समयमा खेती गर्नु राम्रो हुन्छ ।
* मकै खेतीमा मकै उमनको लागि २० डिग्री सेल्सियस तापक्रमको आवश्यकता पर्छ। भने विरुवा बढ्नका लागि औसत २१-२० डिग्री सेल्सियस तापक्रम उपयुक्त हुन्छ ।
* मध्ये पहाडी क्षेत्रमा धानचमरा निस्कने समयमा अत्याधिक पानी परेमा मकै बालीमा विभिन्न खालका रोगहरु र कीराहरु लाग्ने, घोगामा कम दानाहरु लाग्ने जस्ता समस्याहरु आउँछ । त्यसकारण चैतको अन्तिम हप्ता देखि वैशाखको पहिलो हप्ता भित्र नै मकै रोप्नु राम्रो मानिन्छ ताकि वर्षात सुरु हुनु भन्दा अगाबै धानचमरा निस्की सकोस् ।
माटो
* मकै खेतीका लागि उर्वर, दोमट र भिरालो वा पानी नजम्ने ठाउँ राम्रो हुन्छ ।
मकैको विरुवाका विभिन्न अवस्थाहरू
१. बेर्ना उम्रिएको अवस्था
यो बीउ रोपे पश्चात् अङकरण भई विरुवाको पुँडासम्मको उचाई हने २-४ पाते हुने अवस्था हो र यसका लागि बीउ छरेपछि करिब एक देखि दुई हप्ता लाग्छ ।
अवस्था हो
२. विरुवाको मुख्य वृष्ठिको अवस्था
प्रमुख वृद्धि अवस्था भनेको विरुवाको घुँडासम्मको उचाई हुने अवस्था हो र यसका लागि ३५ लागि बीउ छरेपछि करिब एक देखि देखि ४५ दिनसम्मको अवधि दुई हप्ताको समय लाग्दछ । यस अवस्थामा पहिलो टप-ड्रेसिङ (नाईट्रोजन) गरिन्छ भने यसैबेला अन्तिम गोडमेल गर्नु उपयुक्त मानिन्छ ।
३. धानवमरा निस्कने अवस्था
यसलाई फूल अर्थात धानचमरा(पुंकेशर) निस्कने अवस्था पनि अवस्था पनि भनिन्छ ।धानचमरा भने १४ औं विकास यस अवस्थामा हुन्छ भने वा १५ औं पात पछि नै निस्कन्छ । यसै अवस्थालाई मध्यनजर गरेर अन्तिम टप-ड्रेसिङ गर्नु पर्दछ ।
4. जुङमा निस्कने अवस्था
यसलाई घोगाको सुरुवात हुने अवस्था पनि भनिन्छ । स्त्रीकेशरको विकास यस अवस्थामा हुन्छ भने सामान्यतयाः ७ औं देखि ११ औं यसै अवस्थालाई मध्यनजर राखेर पातसँगै घोगा निस्कन थाल्दछन् ।
५. मकैको दुधे अवस्था
परागसेचन पूरा भईसकेपछि मकैको दानाको विकास क्रम पनि साथ साथै सुरु हुन्छ र घोगाको टुप्पामा स्पष्ट रुपमा अँगा देख्न सकिन्छ । घोगाको बाहिरी खोस्टाहरु पनि हरिया रहन्छन् भने हरियो मकै खानको लागि यही अवस्था नै सर्वोत्तम मानिन्छ ।
जग्गाको छनोट
मकै खेतीका लागि उर्वर, दोमट र भिरालो वा पानी नजम्ने ठाउँ छनोट गर्नु राम्रो हुन्छ ।
रोग र कीरा कम गराउनका लागि बाली चक्र
* रोग र कीरा नियन्त्रण गर्नको लागि प्रत्येक वर्ष एउटै समूहमा पर्ने बालीहरुलाई। एउटै जग्गामा लगाउनु हुँदैन, र प्रत्येक ३ वर्षमा बाली चक्र प्रणाली अपनाइएको
हुनुपर्छ ।
* यदि किसानहरुले हरेक वर्ष एउटै जग्गामा मकै रोप्ने हो भने त्यहाँ जीवाणु र अन्य माटोजन्य रोगहरु बढ्दै जान सक्छ ।
* बाली चक्रको लागि तल दिइएको उपायहरु अपनाउन सकिन्छ ।
– सर्वप्रथम किसानहरुले आफ्नो जमिनलाई तीन भागमा विभाजन गर्नुपर्छ ।
– पहिलो वर्षमा पहिलो प्लटमा मकै खेती, दोस्रो प्लटमा आलु खेती र सम्भव भएसम्म तेस्रो प्लटमा कोसेबाली लगाउनुपर्छ । त्यसैगरी, दोस्रो वर्षमा पनि उही समय र मौसममा माथि जस्तै प्रक्रिया अपनाउने, तर मकै दोस्रो प्लटमा, आलु तेस्रो प्लटमा र कोसेबाली पहिलो प्लटमा लगाउनुपर्छ ।
– तेस्रो वर्षमा पनि अघिल्लो वर्षमा जस्तै घुम्ती बाली अपनाउनुपर्छ । यसरी प्रत्येक तीन वर्षमा बाली लगाउने क्षेत्र परिवर्तन हुनेछ र यसले मकै खेती गर्दा बालीमा लाग्ने विभिन्न खालका रोग तथा कीराहरु नियन्त्रण तथा । उन्मुलन गर्नको लागि सहयोग गर्दछ ।
एग्रोभेटबाट किनिएको बीउको उमारशक्ति परीक्षण
* यदि सम्भव भएसम्म प्रमाणित र सिफारिस गरिएका रोगमुक्त बीउहरुको प्रयोग गरियो भने बीउजन्य रोगहरुबाट बचाउन सकिन्छ । अन्यथा, न्यून उत्पादनको
जोखिम समेत बेहोर्नु पर्ने हुन सक्छ ।
* बजारबाट ल्याइएका बीउहरु मध्ये सही जातको बीउ हो वा होइन भनेर बीउको। बोरामा भएका सङ्केत पत्रको राम्रोसँग जाँच गर्नु पर्छ । त्यसपछि मात्रै बीउको
उमारशक्ति परीक्षण गर्नुपर्छ ।
* बीउको उमारशक्ति क्षमता पहिचानको लागि तलका उपायहरु अपनाउनुपर्छ ।
– सजिलै उपलब्ध हुने बाकस अथवा कार्टून बाकसमा बालुवा अथवा माटो लिने र त्यसमा भएका ढुङ्गाहरुलाई हटाउनुपर्छ ।
– बीउको बोराबाट अनियमित रुपमा २०० बीउहरु लिने ।
– एउटा काटुन बाकसमा १० वटा हार बनाई प्रत्येक हारमा १० वटा बीउका दरले मकै खेती प्रविधि १०० वटा बीउहरु रोप्ने । साथै, सही उमारशक्तिको दर पता लगाउनका लागि त्यही प्रक्रिया दोहोऱ्याएर अर्को कार्दनमा पनि १०० दाना बीउलाई रोप्नुपर्छ । बीउ रोप्ने समयमा बीउ देखि बीउको दूरी २.५ से.मि.-३ से.मि. र बीउको आकार भन्दा दोब्बर गहिरो हुनुपर्छ, र रोपेको बीउमा दिनदिनै सिँचाई गर्नुपर्छ ।
– बीउ रोपेको 6 दिनसम्म बीउ राम्रोसँग उनियो कि उझिएन भनेर थाहा पाउनका लागि बेर्ना गन्नुपर्छ ।
– यदि ८५% भन्दा बढी उभिएको पाइयो भने ती बीउहरुलाई बीउको रुपमा प्रयोग गर्न सकिन्छ । यदि बीउको उमारशक्ति दर ८५% भन्दा कम भयो भने अरु गुणस्तरीय बीउ किन्नुपर्छ वा धेरै बीउहरु रोप्नुपर्छ ।
रोप्नु भन्दा अगाडि बीउको उपचार
सुरुवातको अवस्थामा विरुवाको फेद कुहिने समस्या नियन्त्रण गर्नको लागि मकैको बीउलाई ढुसीनासक विषादीद्वारा उपचार गर्नुपर्छ ।
* बीउ उपचारको लागि प्रति के.जी. मकैमा १.५ ग्राम क्याप्टेन वा थिराम ढुसीनासक विषादीको आवश्यकता पर्छ । १ रोपनी जग्गाको लागि १.५ के.जी. मकैको बीउ आवश्यक पर्छ र उपचारको लागि त्यसमा २.२५ ग्राम क्याप्टेन वा थिराम ढुसीनासका विषादी मिसाउनु पर्छ ।
* एउटा बढ़ामा मकैको बीउ र हसीनासक विषादी मिसाएर कसिने गरी बिर्को लगाई ८-१० मिनेटसम्म रामारी हल्लाउनुपर्छ ।
* बीउको उपचार गर्दा अपनाउनुपर्ने सावधानीहरु निम्नानुसार छन् । V सीनासक विषादीले बीउ उपचार गर्दा हावाले विषादी नउडाओस भनेर हावा नचल्ने ठाउँ छनोट गर्नु पर्दछ ।
– गर्भवती महिला, बच्चा र वृद्ध मानिसहरुमा विषादीको असर बढी हुने हुँदा उनीहरुलाई बीउ उपचारमा संलग्न गर्नु हुँदैन ।
– माक्स, पजा र चश्माको प्रयोग गर्ने ।
– शरीरमा पूर्ण रुपले ढाकिने खालका कपडा लगाउने ।
– उचित मात्राको विषादीको मात्र प्रयोग गर्ने ।
– ढुसीनासक विषादी सिधै छालामा छोइयो भने साबुनपानीले राम्रोसँग सफा गर्नुपर्छ ।
जमिनको तयारी र छराई
(क) बाली लगाउनु भन्दा अगाडि जमिनको सरसफाई
यदि अगाडिको बालीका अवशेषहरु खेतबारीमा रहेमा अगाडिको बालीका रोग तथा कीराका लार्भाहरु माटोमा जीवित नै हुन्छन्, र नयाँ बालीलाई आक्रमण गर्दछ । त्यसैले, कुनै पनि बाली भित्र्याप्ठ पश्चात् खेतबारी राम्ररी सरसफाई गर्नुपर्छ ।
(ख) गोबर मल (कम्पोष्ट मल) को प्रयोग
* बाली लगाउनु अगाडि नै जमिन तयारीको समयमा वा पहिलो जोताईको समयमा राम्रोसँग पाकेको मल प्रति रोपनी ५०-६० डोको प्रयोग गर्नुपर्छ (बाली लगाउनु भन्दा १-२ महिना अगाडि) ।
* नकुहिएको गोबर मलको प्रयोग गर्दा खुळे कीरा, फेद कटुवा कीरा तथा अन्य कीराहरुको सङ्क्रमण बढ्न सक्छ ।
* मललाई लामो समयसम्म खेतबारीमा नछोपी थुपारेर राख्दा मलमा भएको सबै खाद्यतत्वहरु उडेर जान्छ, अनावश्यक कीराहरुले अण्डा पार्न सक्छ । त्यसैले मल छर्ने बित्तिकै जमिन जोताई गर्नुपर्छ ।
(ग) पहिलो जोताई
* पुस माघको समयमा बाली लगाउनु भन्दा १-२ महिना अगाबै पहिलो जोताई गरिसक्नुपर्छ ।
* जग्गामा प्राङ्गारिक मलको रुपमा ५०-६० डोका गोबर मल राम्रोसँग हालेर मात्र पहिलो जोताई गर्नुपर्छ ।
* बाली लगाइने जमिनमा दुई पटक सम्म जोत्नुपर्छ, जसले गर्दा माटो खुकुलो बनाउनुका साथै र जरा बढ्न र सजिलैसँग हावा लिन सक्छ । पहिलो जोताई ५-८
से.मी. गहिरो हुनुपर्छ भने दोस्रो जोताई गर्दा १०-१५ से.मी. गहिरो हुनुपर्छ ।
* यदि पहिलो जोताई पछि पनि ठूला-ठूला डल्लाहरु बाँकी रहेका छन् भने ती डल्लाहरु सुक्नु अगाडि नै कोदालो वा अन्य कुनै साधनको प्रयोग गरी राम्रोसँग फुटाउनुपर्छ ।
(घ) दोस्रो जोताई र मकै छराई
* हारमा बीउ छर्नु भन्दा अगाडि नै दोस्रो पटक जोताई गर्नु पर्दछ, र यसैबेला आधारभूत रासायनिक मलको पनि प्रयोग गर्नु पर्दछ । प्रति रोपनी जमिनमा मलको मात्रा पुऱ्याउनका लागि २.६ के.जी. युरिया, ३ के.जी. डी.ए.पी. र २.५ के.जी. पोटास प्रयोग गर्नुपर्छ ।
* हारमा बीउ छर्दा तुलनात्मक हिसाबले कम बीउ लाग्ने, सजिलै झार नियन्त्रण गर्न सकिने जस्ता फाइदाहरु हुन्छन् ।
* बीउ रोप्ने वित्तिकै माटोमा थिचाई गर्नुपर्छ । यसो गर्दा, माटोमा चिस्यान कायम रहने, र बीउ सजिलै उमनका लागि सहयोग पुग्छ ।
(इ) बीउ छर्ने विधि
* मकैको बीउलाई खेतमा छर्नु भन्दा एक रात अगाडि पानीमा भिजाएर राख्नुपर्छ, र छर्नु अगाडि पानीबाट झिकेर छायामा सुकाउनुपर्छ ।
* भिजाएका बीउ रोप्नका लागि खेतमा उचित मात्रामा चिस्यान हुनु आवश्यक हुनुपर्छ । (जब जग्गाको सतह खैरो रङको देखिन्छ र माटोलाई हत्केलामा मुठ्ठी बनाएर छोडियो भने विस्तारै डल्लो फुटेर माटो खस्छ ।)
*- एउटा ठाउँमा २-३ वटा बीउको दरले ३-५ से.मि. गहिराईमा हारमा बीउ रोप्ने ।
* मकै छर्दाखेरि हार देखि हार सम्मको दूरी ६०-६८ से.मी. र बीउ देखि बीउ सम्मको दूरी २०-२४ से.मी. बनाएर बीउ रोप्नु पर्छ ।
हारमा बीउ रोप्नुको फाइदाहरु
– आवश्यक रुपमा मात्र बीउको खपत हुन्छ ।
– बाली क्षेत्रमा गोडमेल गर्न र झारपात हटाउन सजिलो हुन्छ ।
– बोटविरुवालाई माटोले उकेरा दिन र बालीमा राम्रोसँग पानी लगाउन वा सिँचाई गर्न सजिलो हुन्छ ।
– विरुवालाई टप ड्रेसिङ गर्न सजिलो हुन्छ ।
विरुवा बढ्ने अवस्थामा गरिने कृषि क्रियाकलापहरु
खेतबारीमा मकै रोपेको १५-२० दिनपछि त्यहाँ कुनै समस्या आएको छ कि भनेर हेर्नका लागि निरन्तर जाँच गरिराख्नुपर्छ ।
पहिलो कृषि कार्य : (रोपेको २५-३0 दिनपछि)
(क) पहिलो गोडाई
* मकैबारीमा धेरै किसिमका अनावश्यक झारपातरु उभिएका हुन्छन् । त्यसैले, सर्वप्रथम मकै छरेको २०-२५ दिन पछि खेतबारीमा हात वा कोदालोको सहायताले गोडमेल गर्नुपर्छ, र गोडमेल गरेपछि निस्किएका अनावश्यक झारपातहरुलाई खेतबारी भन्दा धेरै टाढा राख्नुपर्छ ।
* गोडमेल गर्दा मकैको विरुवाहरुसँगै बढिरहेका झारपातहरुलाई हटाउन मद्दत मिल्छ ।
(ख) बेडाउने कार्य
* मकै रोपेको २५-३० दिनपछि वा बोटमा ४-५ पात लाग्ने अवस्थासम्म बेडाउने कार्य गरिसक्नुपर्छ ।
* बेडाउन भन्नाले स्वस्थ र राम्रो विरुवालाई एक ठाउँमा एउटा मात्र राखेर अनावश्यक विरुवालाई हटाउनु भन्ने बुझिन्छ ।
* पहिलो गोडाई सकिने वित्तिकै बेडाउने कार्य गरिसक्नुपर्छ ।
* बेडाउने कार्य गर्नाले एकै ठाउँमा हुर्किरहेका धेरै विरुवाहरुले घाम, पानी तथा पोषण तत्वको लागि प्रतिष्पर्धा गर्नु पर्दैन र बोटको राम्रो विकास हुन्छ ।
(ग) बेर्ना साने
* मकै बेडाउने समयमा निस्किएका स्वस्थ विरुवाहरुलाई अन्य खाली जग्गा भएको ठाउँमा अथवा पातलो मकै भएको ठाउँमा सार्न सकिन्छ । मकै बारीमा खाली ठाउँ भेटिएको अवस्थामा त्यहाँ प्रशस्त मात्रामा पानी हालेर मात्र बेर्नाहरु सार्नुपर्छ । तर, उखेलेको मकैको जरा नहल्लिने गरी माटो सहित ने उखेलेर सार्नुपर्छ । अन्यथा, घोगा राम्रो नलाग्ने र घोगा लागे पनि दाना राम्रो नलाग्ने समस्या हुन्छ ।
(घ) पहिलो टप ड्रेसिङ
* बीउ रोपेको २५-३० दिन लगतै पहिलो टप ड्रेसिङको रुपमा युरिया मल हाल्नुपर्छ । रोपेको २५-30 दिन पछि प्रति रोपनी जग्गामा 0.८० के.जी. युरिया राखेर पहिलो गोडमेल गर्नुपर्छ । प्रत्येक बोटको फरक (५-१० से.मी.) हुने गरी एक चिया चम्चाको ४ भागको एक भाग जति युरिया हाल्दै माटोले उकेरा दिनुपर्छ ।
दोस्रो कृषि कार्य : (पहिलो कृषि कार्यको २५-३0 दिन पछि)
(क) दोस्रो गोडमेल
पहिलो गोडमेल गरेको २०-२५ दिनपछि विरुवा (डासम्मको उचाई भएको अवस्थामा। दोस्रो गोडमेलको रुपमा खेतबारीमा भएका अनावश्यक झारपातहरुलाई हटाउनुपर्छ ।
(ख) दोस्रो टप ड्रेसिङ
पहिलो गोडमेल गरेको २०-२५ दिनपछि विरुवा पुँडासम्मको उचाई भएको अवस्थामा पहिलो टप ड्रेसिङ जस्तै दोस्रो टप ड्रेसिङ गर्ने (ग) इयाङ बनाउने * दोस्रो पटक झारपात उखेल्ने र टप ड्रेसिङ गर्ने कार्य गरिसकेपछि मकैको बोटलाई ढल्नबाट जोगाउनको लागि सहायक जरालाई माटोले राहारी छोप्नु पर्छ र इयाङ जस्तो बनाउनुपर्छ । त्यही समयमा वा दोस्रो झ्याङ बनाउँदा प्रत्येक विरुवालाई हारको बीचमा पारेर बनाउनुपर्छ जसले गर्दा ठूलो पानी परेको बेलामा पनि विरुवा ढल्ने समस्याबाट मुक्त हुन्छ ।
तेस्रो कृषि कार्य :(दोस्रो कृषि कार्यको २५-३0 दिन पछि)
(क) तेस्रो गोडमेल
दोस्रो गोडमेल गरेको २०-२५ दिनपछि मकैमा धानचमरा निस्कने अवस्थामा बोटको नजिकै युरिया राखेर तेस्रो गोडमेल गर्नुपर्छ ।
(ख) तेस्रो टप ड्रेसिङ
दोस्रो टप ड्रेसिङ गरेको २०-२५ दिनपछि र तेस्रो गोडमेल गरे लगतै मकैमा धान चमरा निस्कने अवस्थामा मकैको बोटको (५-१० से.मी. को दूरी) नजिकै युरिया राखेर तेस्रो टप ड्रेसिङ गर्नुपर्छ ।
(ग) इयाङ बनाउने कार्य
* तेस्रो गोडमेल र टप ड्रेसिङ गरिसकेपछि मकैको विरुवाका सहायक जराहरुलाई पनि पुरिने गरी, पछि गएर बोटहरु नढलोस् भन्नका लागि विरुवालाई माटोले उकेरा दिंदै इयाङ बनाउने कार्य गरिन्छ ।
(घ) निकासा बनाउने
* चौथो कृषि कार्य गर्दा प्रत्येक विरुवाको हारको बीचमा निकास बनाउनुपर्छ । यसले गर्दा अत्याधिक पानी परेको बेलामा बोट ढल्नबाट बचाई विरुवाको जराहरु कुहिने। समस्या आउन नदिन मद्दत गर्छ ।
सिंचाई :
सिंचाई सुविधा उपलब्ध भएको अवस्थामा मात्र मकै उत्पादनको लागि मकै छरेको ४०-४५ दिनसम्म माटोमा उचित मात्रामा। चिस्यान हुनुपर्छ । त्यसैले, मकैमा धानचमरा निस्कने र दानाको विकास हुने। अवस्थामा माटोमा चिस्यानको आवश्यकता पर्छ । यदि बाली लगाएको जग्गा सुख्खा हुन। गयो भने पहिलो गोडमेल गरेपछि र मकैको धानचमरा निस्कने अवस्थामा सिंचाईको आवश्यकता पर्दछ ।
गोडाई व्यवस्थापन
यदि उपयुक्त समयमा राम्रोसँग गोडमेल गरिएन भने अनावश्यक झारपातहरुले माटोमा भएको पोषण, सूर्यको प्रकाश, पानी लिने तथा मुख्य विरुवाको ठाउँ ओगट्ने हुँदा विरुवालाई आवश्यक पोषण तथा खाद्य तत्वहरुको अपुग हुन गई विरुवा रामोसँग नबढ्ने र उत्पादन क्षमतामा कमी हुन गई क्षति।
बेहोर्नुपर्ने पनि हुन सक्छ । त्यसैले, मकै गोड्ने समयमा अनावश्क झारहरुलाई राम्रोसँग हटाउनुपर्छ । यसले मकैको विरुवा राम्रोसँग बढ्न र हुर्कन पाई राम्रो उत्पादन लिन सकिन्छ ।
मकैबालीमा हुने मुख्य कारहरू
– मोथे झार
– काने कार
-दुबो झार
– चित्रे झार
– गन्धे झार
झारपात नियन्त्रण गर्ने तरिका
* खेती गर्नु भन्दा अगाडि नै मकै छर्ने जमिन राम्रोसँग जोत्नुपर्छ ।
* रोप्ने समयमा झारपातहरु हटाउनुपर्छ । मकै गोड्ने बेलामा मकैको विरुवाहरुलाई माटोले राम्रोसँग उकेरा दिनुपर्छ (रोपेको २०-२५ दिन पछि) ।
* झार उखेल्दाखेरि कारलाई जरासहित उखेल्नुपर्छ । जस्तैः मोथे कार, यसलाई हटाउनका लागि जरासहित उखेलेर हटाउनुपर्छ, र ती जरासहित उखेलिएका कारहरुलाई खेतबारीबाट टाढा लगेर जलाउने वा गाइने गर्नुपर्छ ।
* मकै खेती गर्ने जग्गा गर्मी मौसममा जोत्यो भने बारीमा भएका कारहरु घामले ओइलिएर मर्छन् ।
रोग र कीराले आक्रमण गर्ने प्रमुख कारणहरू
* राम्रोसँग नकुहिएको गोबर मलको प्रयोग गर्नाले ।
* पहिलेका बालीहरुको अवशेष रहनाले ।
* खेतबारीको राम्रो सरसफाइमा कमी हुनाले ।
* वातावरणमा सापेक्षित आद्रता वा तापक्रम बढी भएमा ढुसीजन्य रोग लाग्छ । Halokhabar