पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ १९ गते । ताप्लेजुङमा १५ दिने रेडियो तथा आधारभुत पत्रकारिता तालिमको उद्धघाटन गरिएको छ ।
नेपाली मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित तालिमको उद्धघाटन आज फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनको प्रमुख आतिथ्यता गरिएको हो । आगामी असार ४ गतेसम्म सञ्चालन हुने तालिममा क्यानडा नेपाल सम्पादक लक्षुमन कार्की, खोज अनुसन्धान पत्रकार संघका पुर्व केन्द्रिय अध्यक्ष मोहन मैनाली, विविसी मिडिया एक्सनका प्रशिक्षक रमेश अर्याल, करिब दुई दशकभन्दा बढी पत्रकारिता गर्नु भएका ताप्लेजुङका पत्रकारद्वय आनन्द गौतम, खगेन्द्र अधिकारी र नेपाली मिडियाका संस्थापक सदस्य एलिना दियाली लगायतले सहजीकरण गर्ने नेटवर्कका संस्थापक सदस्य राजकुमार गुरुङले जानकारी दिुनभयो ।
संस्थापक सदस्य दियालीका अनुसार अब ताप्लेजुङमै चाँडै नयाँ रेडियोको समेत स्थापना हुन लागेको छ । नयाँ रेडियोको नाम र प्रिक्वेन्सीको बारेमा केही समयपछि जानकारी गराईने समेत उहाँको भनाई छ । तालिममा सहभागी भएकामध्येबाट उत्कृष्ट हुने केही प्रशिक्षार्थीलाई जिल्लामै स्थापना हुन लागेको रेडियोमा समेत अवसर प्रदान गरिने आयोजकको भनाई रहेको छ । तालिमममा जिल्लाका विभिन्न स्थानीय तहका ३२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख मादेन, उपप्रमुख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेल, वरिष्ठ गायक तथा ईन्जिनियर एवम् सामाजिक अभियान्ता विरेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष खगेन्द्र अधिकारी, पुर्व उपाध्यक्ष चन्द्र पन्दाक प्रयास, विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मी, प्रशिक्षार्थी लगायतको उपस्थिति रहेको थियो ।