काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूलाई प्रधानमन्त्री बन्न प्रस्तावहरू आउन थालेको बताउनुभएकाे छ ।
तर त्यसको प्रलोभनमा आफू नपर्ने उहाँको भनाई छ । बिहिबार सुर्खेत पुग्नुभएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताउनुभएको छ । नेकपा मा प्रचण्डलाई मात्र नभई आफूलाई पनि प्रधानमन्त्रीको अफर आएको भन्दै उहाँले यस्ता कार्ड मान्छेलाई मूर्ख बनाउन मात्र भएको उहाँको तर्क छ । अहंकारी र षड्यन्त्रकारीले विभिन्न भ्रम फैलाइरहेको भन्दै उहाँले आफूलाई कुनै लालच नभएको बताउनुभएकाे छ । नेकपा एमालेसँग एकिकरण वा गठबन्धनको सम्भावना समेत नरहेको उहाँले बताउनुभयो ।
आफूले इमान्दारीता देखाउँदा पनि गठबन्धन दलहरूबाटै धोका पाएको भन्दै नेपालले धेरै अहंकार देखाउनेहरू भष्म हुने चेतावनी पनि दिनुभयो । सरकारले ल्याएको बजेट चुनावमुखी नभएको बताउदै उहाँले बचाउ गर्नुभएकाे छ।