काठमाडौं : गत जेठ १५ गते मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव आज परिवारलाई हस्तान्तरण गरिने भएको छ ।
पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा दुर्घटना हुँदा ज्यान गुमाएका सबै २२ जनाकै शवको हिजो पोस्टमार्टम गर्ने काम सकिएको र आज सबै प्रक्रिया पूरा गरेर मृतकका परिवारलाई शव हस्तान्तरण गरिने तारा एयरका प्रवक्ता सुदर्शन बर्तौताले जानकारी दिए । उनका अनुसार विहान १० बजेपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका शव परिवारको जिम्मा लगाइने छ । दुर्घटनामा चालकदलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको मृत्यु भएको थियो ।
उनीहरुको शव सोमबार र मंगलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।