इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन - Epathivara

काठमाडौं : फाइनलसिमा २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ ।

 

गएराति वेम्बली स्टेडियममा इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे । खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३-० को सहज जित दिलाए ।

 

यससँगै अर्जेन्टिना तेस्रो संस्करणको फाइनलसिमा च्याम्पियन बनेको छ । फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने गर्दछ । इटाली युरो च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर