एजेन्सी । कोभिड–१९ महामारीका कारण दुई वर्षभन्दा बढीको अन्तरपछि भारत र बङ्लादेशबीच यात्रुवाहक रेल सेवा आइतबार पुनः शुरु भएको अधिकारीहरूले बताएका छन् ।
भारतको पश्चिम बङ्गालको कलकत्ता स्टेसनबाट बन्दन एक्सप्रेस रेलको यो सेवा हप्ताको दुई दिन चल्ने बताइएको छ । कोभिड–१९ महामारीका कारण २०२० माघदेखि बङ्गलादेशको कलकत्ता र खुलनाबीचको रेल सेवा ठप्प भएको थियो । रिपोर्टअनुसार सीमाका दुवै किनाराका मानिसहरू रेल सेवाहरू पुनः सुरु भएकोमा उत्साहित भएका र आगामी केही दिनको लागि सेवाको टिकट पूर्ण रूपमा बुकिङ भएको बताइएको छ ।
कलकत्ता र बङ्गलादेशको राजधानी ढाकालाई जोड्ने मैत्री एक्सप्रेसले पनि सेवा पुनः सञ्चालन गर्ने कार्यक्रम रहेको छ । बन्दना एक्सप्रेस र मैत्री एक्सप्रेससहित भारत–बङ्गलादेश रेल सेवा दिँदै आएको मिताली एक्सप्रेसले पनि आगामी जुन १ बाट सेवा पुनः सञ्चालनमा ल्याउने बताएको छ । पश्चिम बङ्गाल र ढाकामा रहेको न्यू जलपाईगुढीलाई जोड्ने यो सेवा २०२१ मार्चमा उद्घाटन गरिएको थियो ।