जम्मु काश्मीरमा विकास र शिक्षाले गति लिदै, लाभान्वित हुदै युवा पुस्ता - Epathivara

नयाँ दिल्ली । भारत सरकारले सन् २०१९ अगस्त ५ मा जम्मु काश्मीरलाई संघ प्रशासित प्रान्तको रुपमा पहिचान गरेसँगै त्यहाँको विकास र प्रगतिले तीव्रता पाएको छ । पछिल्लो समयमा शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा धेरै प्रगति भएको हो ।

 

भारत सरकारले त्यहाँका बालिबालिका र युवाहरुको भविष्यका लागि विद्यार्थीहरूको लागि बहुविध छात्रवृत्ति र अन्य योजनाहरूको घोषणा गरेको छ । दुई वर्षअघि मात्रै जम्मु काश्मीरका विद्यार्थीहरूलाई विदेश अध्ययन भ्रमणबारे कुनै जानकारी थिएन । यद्यपि, ’नया जम्मू–कश्मीर’ मा यो वास्तविकतामा परिणत भएको छ । हालै जम्मु काश्मीरका लेफिटनेन्ट गभर्नर मनोज सिन्हाले सकौत–केका १२ जना स्नातकका विद्यार्थीहरूको ब्याचलाई कन्सास स्टेट युनिभर्सिटी, संयुक्त राज्य अमेरिकाको अध्ययन भ्रमणका लागि अनुमति दिए । यी विद्यार्थीहरू भारतीय कृषि परिषद्को सहयोगमा सञ्चालित राष्ट्रिय कृषि उच्च शिक्षा परियोजना अन्तर्गत अध्ययनका लागि अमेरिकामा छन् ।

 

यो भ्रमण जम्मू–काश्मीरका युवाहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसरहरू प्रदान गर्न उद्दश्यबाट भारत सरकारले लिएको धेरै पहलहरू मध्ये एक थियो । उनीहरूले चुनौतीहरूको सामना गर्न र जिम्मेवार नागरिकको रूपमा हुर्कन सक्ने अवस्था सिर्जना भएको जनाइएको छ ।
अगस्ट ५, २०१९ पछि–जब केन्द्रले जम्मु–काश्मीरको विशेष दर्जा खारेज गरी त्यसलाई दुई केन्द्र शासित प्रदेशहरूमा विभाजन गर्ने निर्णयको घोषणा ग¥यो–सरकारले विद्यार्थीहरूको लागि धेरै छात्रवृत्ति र अन्य योजनाहरू घोषणा गरेको छ । भारतीय सरकारले प्रधानमन्त्री छात्रवृति योजना अन्तर्गत प्रदान गरिएको ५००० छात्रवृत्तिहरू, प्रधानमन्त्री विशेष छात्रवृत्ति योजना जम्मु–काश्मीर अन्तर्गत सामान्य डिग्री, व्यावसायिक डिग्री, र मेडिकल स्ट्रिमहरूमा पाठ्यक्रमहरू पछ्याउने विद्यार्थीहरूलाई छात्रवृत्तिहरू प्रदान गरिएको छ । विद्यार्थीहरूलाई सामान्य डिग्रीको लागि छात्रवृत्तिको लागि चयन गरियो । पाठ्यक्रमहरू वार्षिक रूपमा हुने भएकोले २० हजार शैक्षिक शुल्क र एक लाख विद्यार्थीको अन्य खर्चका लागि उपलब्ध गराइने भएको छ ।

 

यस विधा अन्तर्गत कुल १०० छात्रवृत्तिहरू प्रस्ताव गरिएको थियो । सरकारले विगत २ वर्षमा चालेका कदमहरूले गुणस्तरीय शिक्षामा विद्यार्थीहरूको पहुँचलाई सहज बनाएको छ । उनीहरूलाई उच्च शैक्षिकस्तरको लागि ज्ञान, सीप, अनुभव र तालिम प्रदान गर्न सकियोस् ।
राष्ट्रिय शिक्षा नीति–२०२० को कार्यान्वयनले युवा विद्यार्थीहरूलाई उन्नत अनुसन्धानमा मात्र नभई नयाँ र नवीन प्रविधिहरूको विकास र उनीहरूको व्यवसायिक विकासलाई सहज बनाउने अन्य विभिन्न क्षेत्रहरूमा पनि संलग्न हुन सशक्त बनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर