श्रीमानले मलद्वारमा लौरो घुसाउँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु - Epathivara

काठमाडौं । घरायसी विवाद हुदाँ श्रीमानले मलद्वारमा लौरो घुसाउँदा घाइते भएकी महिलाको उपचारको क्रममा गएराति मृत्यु भएको छ ।

 

भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचारत चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको मृत्यु भएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार माझीको सोमबार अपरेसन गरिएको थियो । अपरेसनपछि पोष्टअपमा उपचारमा हुँदा घाइतेको मुटुको चाल अचानक रोकिन पुगी मृत्यु भएको हो । ‘हिजो अपरेसनपछि पोष्टअपमा हुनुहुन्थ्यो । गएराति अचानक कार्डियाअरेष्ट भएपछि उहाँको मृत्यु भयो’, उनले भने ।

 

पाँच दिनअघि ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले श्रीमती गीताको मलद्वारमा लौरो घुसाएर घाइते बनाएका थिए । घटनालगत्तै प्रहरीले रामचन्द्रलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । गीताका दुई छोरी छन् । श्रीमानले मलद्वारबाट लौरो घुसाउँदा गीताको यौनाङ्‍ग र मलद्वारबीचको खाली भाग च्यातिएको छ । उनको उपचारमा संलग्‍न चिकित्सक दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्‍गको चार तह च्यातिएको थियो । कम्मरको हड्‍डी भाँच्चिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले रामचन्द्रविरुद्ध लिखित उजुरी पर्न बाँकी रहेको बताए ।

 

घाइतेको मृत्युअघि आरोपिविरुद्ध ज्यानमार्ने उद्योग र बलात्कारको मुद्दा दर्ता गरेर अनुसन्धान भएकामा अहिले मृत्यु भइसकेपछि अब ज्यानसम्बन्धी मुद्दाको प्रक्रियाअघि बढ्ने उनले बताए । अब उजुरी नआए पनि ज्यान मरिसकेको भएकाले ज्यानसम्बन्धी र बलात्‍कार मुद्दामा कानुनी प्रक्रिया अघि बढइने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर