माओवादीबाट निर्वाचित वडा सदस्य पक्राउ - Epathivara

जनकपुरधाम : धनुषाबाट एक जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेकाे छ ।

 

ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेका शहिदनगर नगरपालिका वडा नम्बर ९ को वडा सदस्यमा राजेश बिराजीलाई प्रहरीले पक्राउ गरेको होे । कार्यपालिका सदस्य छनौट गर्नका लागि मतदान गर्न आएको बेला बिराजीलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । बिराजी नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर