बजेट प्रस्तुत गर्दा ब्रिफकेस तोडफोड भएन, कुर्सी भाँचिएनन् : योगेश भट्टराई - Epathivara

काठमाडौं : नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले संसदमा बजेट प्रस्तुत गर्दैगर्दा अर्थमन्त्रीको ब्रिफकेस तोडफोड नभएको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति कटाक्ष गरेका छन् ।

 

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले शान्तपूर्वक अर्थमन्त्रीले २ घण्टा ५५ मिनेट बजेट पढ्न पाएको बताएका हुन् । उनले भने, ‘महत्वपूर्ण सकारात्मक उपलब्धि नै भन्नुपर्छ, माननीय अर्थमन्त्रीले बजेट प्रस्तुत गरिरहँदा उहाँले बोक्नुभएको ब्रिफकेस तोडफोड भएन। संसदमा माननीय सदस्यहरू बस्ने कुर्सी भाँचिएनन् संसदका माइक भाँचिएनन् र शान्तपूर्वक माननीय अर्थमन्त्रीले २ घण्टा ५५ मिनेट पढ्न पाउनुभयो ।’ लोकतन्त्र, संवैधानिक प्रक्रिया परिपक्व हुँदै गएको समेत बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर