पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ १७ गते । गत जेठ १४ गते पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका २० वर्षीय ङिमा शेर्पाको शवलाई पोष्टमार्टमपछि आज आफन्तलाई जिम्मा लगाईएको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ३ हाङ्पाङ र वडा नं ५ को चाँगेको सीमानामा पर्ने सबुवाखोलामा पौडी खेल्ने क्रममा शेर्पा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
मृतक शेर्पा मेरिङदेन गाउँपालिका ५ थुकिमाका निमा शेर्पाका २० बर्षिय छोरा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) कैलाश राईले जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस
रुकुम पश्चिमका एक युवक भारतमा मृत भेटिए
रुकुम पश्चिमका एक युवक भारतमा मृत फेला परेका छन् । चौरजहारी नगरपालिका– १२ का २५ वर्षीय मानसिंह खड्का भारतको सइज भन्ने ठाउँमा मृत फेला परेका हुन्। परिवारका सदस्यका अनुसार खड्का नदीमा बगिरहेको अवस्थामा फेला परेका थिए । नजिकैको पसलमा झोला राखेर काम छ भन्दै गएका खड्का भोलिपल्ट नदीमा मृत फेला परेको स्थानीय प्रेम केसीले जानकारी दिए । केसीको शरीरमा कपडा नभएको र मुख, हात, खुट्टामा गहिरो चोट लागेको थियो । उनको हत्या गरेको हुनसक्ने भन्दै परिवारजनले अनुसन्धानको माग गरेका छन् ।