काठमाडौं । तुलसी कुमार गुरुङद्वारा लिखित आत्मकथा ‘तुलसी’ को काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ ।
गुरुङद्वारा लिखित ‘तुलसी’मा उहाँको जीवन यात्रा वर्णन छ । कास्कीको वार्चोकमा जन्मिनु भएका गुरुङ लामो समय ब्रिटीस गोर्खा सैनिकमा आवद्ध रहनु भएको थियो । यो सँगै खेल क्षेत्रलाई पनि अघि बढाउनु भएका गुरुङ तेक्वान्दोका ८ डान हुनुहुन्छ ।
यस विधामा हङकङ सरकारका प्रमुख प्रशिक्षक समेत बनिसक्नु भएका गुरुङ अन्तर्राष्ट्रिय रेफ्री पनि हुनुहुन्छ । गुरुङले विश्वभरका सयौं सैनिक एवं गैर सैनिकलाई तालिम दिइसक्नु भएको छ साथै, गरिमामय ‘हल अफ फेम’ को उपाधि प्राप्त उहाँलाई खेल र सामाजिक क्षेत्रमा योगदानको कदरस्वरुप नेपाल सरकारले प्रबल जनसेवा श्री पदकद्वारा विभूषित समेत गरिसकेको छ । पुस्तक वि विल राइज फाउण्डेसनले प्रकाशित गरेको हो ।