मृगलाई हानेको गोली लागेर साथीको मृत्यु, १० जना पक्राउ - Epathivara

काठमाडौं : प्युठानको ऐरावती गाउँपालिका १ स्थित दाङवाङमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

 

दोबाटो सामुदायिक वनको डाँडाथरीमा शिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञानबहादुर नेपालीले मृगलाई हानेको गोली लागेर ३४ वर्षीय द्रोण आलेमगरको मृत्यु भएको हो । नेपालीसहित आइतबार बेलुका शिकार खेल्न गएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट दुई नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।

अन्य चार जना भने अझै फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरी प्रमुख थापाले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर