पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ १६ गते । आठराई त्रिबेणी गाउँपालिका–३ हाङपाङकी मानसिक सन्तुलनमा समस्या भएकी कल्पना रसाईलीको उद्धार गरिएको छ ।
गाउँपालिकाको सहकार्यमा माया घर नेपालले रसाईलीको आईतबार उद्धार गरेको पालिका उपाध्यक्ष शान्ता आङ्बुहाङले जानकारी दिनुभयो । रसाईलीलाई ६ महिना अघिदेखि परिवारले घरमै थुनेर राखेका थिए । उद्धारका लागि मायाघर नेपाल र गाउँपालिका उपाध्यक्ष शान्ता आङ्बुहाङ सहितको टोली उनको घरमा पुगेको थियो । रसाईलीलाई ईटहरी स्थित माया घर नेपालको सेप हाउसमा लगिएको छ । उनको सोहि सेफ हाउसमा राखेर उपचार गरिने उपाध्यक्ष आङ्बुहाङले बताउनुभयो ।