ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु - Epathivara

काठमाडौं । उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा सोमबार बिहान साढे २ बजे ट्रक अनियन्त्रित भएर पल्टिँदा चालक सहित ट्रकमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

 

पथलैयाबाट सिमेन्ट लोड गरी सोलु तर्फ जाँदै गरेका ना ८ ख ८२९७ नम्बरको ट्रक दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ट्रक चालक बाराको सिमरा उपमहानगरपालिका–१ का ३३ वर्षीय सुदिप घलान, परिचालक सोही स्थानका नितेश खड्का, ट्रकमा सवार १६ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङ रहेका छन् । ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेको प्रहरी चौकी घुर्मी उदयपुरले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय