काठमाडौं : आइतबार बिहान बेपत्ता भएको तारा एयरको विमान दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले थाहाखबरलाई जानकारी दिए । उनले भने, ‘विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । थप विवरण केहीबेरमा जानकारी दिनेछौं ।’
यस्तै नेपाली सेनाले पनि विमान दुर्घटना भएको ठाउँ पत्ता लागिसकेको र केहीबेरमा सबै जानकारी दिने जनाएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले ट्वीटरमा भनेका छन्, ‘विमान दुर्घटना स्थल पत्ता लगेको छ । केहीबेरमा सबै विवरण सार्वजनिक गछौं ।’