टिपर दुर्घटनामा परी ४ जनाको ज्यान गयो - Epathivara

लमजुङ – लमजुङको मध्यनेपाल नगरपालिकामा आज आइतवार दिउँसाे टिपर दुर्घटना हुँदा चार जनाकाे ज्यान गएकाे छ ।

 

दुर्घटनामा टिपर चालक धादिङकाे गजुरी गाउँपालिका ६ का विनाेद घिमिरे, गाेरखा नगरपालिका १२ का रविन्द्र सेढाइँ, तनहुँकाे व्यास नगरपालिका ७ का ४५ वर्षीय उत्तम न्याैपाने र सल्यानकाे कुमाख गाउँपालिकाका पारश शाह रहेका छन् । मध्यनेपाल ७ सीतीखोलाकाे कल्याणबेसीबाट बतासे चोक जाँदै गरेकाे ढुङ्गा बाेकेकाे बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । ज्यान गुमाउनेमा चारै जना मध्यपहाडी लोक मार्गमा काम गर्ने रहेका उहाँले बताउनुभयो ।

 

रेग्मीका अनुसार टिपर सडकबाट तल खसेकाे हाे । ‘उकालो, कच्ची, साँघुरो सडक हुनुका साथै लोड बढी भएर ब्याक भइ टिपर सडकबाट तल खसेकाे बुझिएको छ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय