काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा थप पेट्रोलियम पाइपलाइन बनाउने घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा भारतको सिलगुढीदेखि झापाको चालअलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने उल्लेख छ ।त्यसैगरी अमलेखगन्जदेखि पथलैयासम्म पनि पेट्रोलियम पाइपलाइन विस्तार गर्ने उल्लेख छ ।