काठमाडौं : सरकारले कृषि क्षेत्रको प्रवर्द्धनका लागि ‘किसान हित कोष’ स्थापना गर्ने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् किसान पेन्सन योजनाअन्तर्गत ‘किसान हित कोष’ स्थापना गर्ने जानकारी दिएका छन् ।
उक्त कोषमा किसानहरुले जम्मा गर्ने रकमको १० प्रतिशत रकम सरकारले जम्मा गरिदिने व्यवस्था मिलाइने अर्थमन्त्री शर्माको भनाइ छ । कोष स्थापना गर्नका लागि बिउँ पुजीको रुपमा सरकारले एक अर्ब रुपैँया छुट्ट्याएको अर्थमन्त्री शर्माले जानकारी दिए ।