तारा एअरको विमान मानापाथी हिमालको फेदीमा दुर्घटना भएको पुष्टि - Epathivara

काठमाण्डौ – पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एअरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ ।

 

मुस्ताङको थासाङ गाउँपालिका दुई लारीकोटभन्दा माथिल्लो लाङिचगोला (मानापाथी हिमालको फेदी) मा जहाज जलिरहेको अवस्थामा फेला परेको नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले जानकारी दिनुभयो । आज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एअरको जहाज १० बजेर ७ मिनेटमा बेपत्ता भएको छ । जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य गरी २२ जना व्यक्ति सवार रहेका तारा एअरले जनाएको छ । Ujyaaloonline

 

प्रतिक्रिया

सम्बन्धित खवर