काठमाडौं : पोखराबाट जोमसोम उडेको तारा एअरको नाइन एन-एइटी जहाज सम्पर्कविहीन भएपछि खोजीमा गएको हेलिकप्टर मुस्ताङ फर्किएको छ ।
फिस्टेल एयरको हेलिकप्टर जहाज खोजीका लागि पठाइएकोमा मौसम खराब भएकोले मुस्ताङ नै फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति जारी गरेर बताएको छ । मौसम सफा भएपछि फेरि हेलिकप्टर सम्पर्कविहीन जहाज खोजीमा जाने उल्लेख गरेको छ । हिँडेर नेपाली सेना र नेपाल प्रहरी जोमसोमको टावरसँग नजिक घोडेपानी भन्ने स्थानतर्फ खटिएको बताएको छ ।
विमानमा १३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना रहेका थिए ।