दाङ : जंगलमा सिकार खेल्न गएको अवस्थामा भरुवा बन्दुक पड्किँदा २३ वर्षीय कालुराम घर्तीमगरको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
लमही नगरपालिका १ गौराह बस्ने घर्तीमगर सहित ९ जना सिकार खेल्न गएकोमा सँगै गएका ४२ वर्षीय बुद्धिराम घर्तीमगरले बोकेको भरुवा बन्दुक लहरामा एक्कासि अड्किन गई पड्किँदा कालुरामको घाँटीमा छर्रा लागेर मृत्यु भएको हाे । जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले मृतकसँगै गएका ८ जनालाई ४ थान भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।